घनश्याम पौडेल
अर्घाखाँची, ६ माघ – नेपाली कांग्रेस अर्घाखाँचीले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै जिल्ला प्रशासन मार्फत विरोध पत्र पठाएको छ ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल मार्फत आइतबार प्रधानमन्त्रीलाई विरोध पत्र पठाइएको कांग्रेस अर्घाखाँचीका सचिव विष्णु भुसालले बताए । पार्टीको केन्द्रीय निर्देशन अनुसार विपी स्मृति भवन सन्धिखर्कबाट सुरु भएको ¥याली सूचना प्रविधि र विशेष सेवा विधेयकविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलमार्फत कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको हो ।विरोधपत्र बुझाउँदै कांग्रेस अर्घाखाँचीका सभापति मुस्कानले जनविरोधी विधेयकहरु कुनै पनि हालतमा नेपाली जनतालाई स्वीकार्य नभएको बताए ।
उनले लोकतन्त्रको मर्म र भावनाविपरीत आउने जुनसुकै कदमलाई स्वीकार नगर्ने र नागरिक स्वतन्त्रताको पक्षमा सदन र सडकबाट प्रतिकार गर्ने चेतावनी दिए ।नागरिकको फोन ट्यापि गर्न सक्ने, सामाजिक सञ्चालमा कसैलाई व्यंग्य गरे पाँच वर्ष जेल र १५ लाख जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनियताको संवैधानिक अधिकार हनन हुने बताए । आलोचना एवं व्यंग्य गर्न पाउने स्वतन्त्रतालाई समेत पार्न नियोजित षड्यन्त्रमा कम्युनिष्ट सरकार लागेको मुस्कानले बताए ।उपसभापति शान्ता भण्डारीले सूचना प्रविधि ऐनले मौलिक अधिकारलाई कुण्ठित गर्ने बताईन । प्रेस स्वतन्त्र नभए मुलकुमा तानाशाही व्यवस्था हावी हुँदै जाने बताईन । विरोधपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले प्राप्त पत्र सरकार समक्ष प¥याउने बताएको पत्रकार घनश्याम पौडेलले जानकारी दिए ।