घनश्याम पौडेल
अर्घाखाँची, १० माघ- अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं। ७ अडगुरीमा सिंहदरबारको झझल्को गाउँमै दिएको छ ।
गाउँपालिकामा हुने योजना सम्झौताको काम वडाबाटै हुदाँ स्थानियलाई निकै सहज भएको छ । वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता र बैंकखाता वडा कार्यालयबाटै खोलेर जनता वडामा गाउँभेला मार्फत बनेका ३३ वटा योजनाको उपभोक्ता समितीहरुले सम्झौता र खाता सञ्चालन गरेका छन, अव योजनाको काम सुरु हुन्छ, वडाअध्यक्ष अधिकारीले भने सिंहदरबारको अधिकार गाउँमै आएको महसुस गराउँनका लागी १ दिने उपभोक्ता समितीका योजना सम्झौता, बैँक खाता सञ्चालन गर्ने गरी जनतालाई सहज बनाउँनका लागी कार्यक्रम गरेको प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले बताए ।
करिब ७५ प्रतिशत योजना सम्झौता भएको छ, बाकी १५र१६ योजना रहेका छन। योजना शाखाका शोभाखर भुसाल, वडा सचिव नरेन्द पराजुली, प्रकाश भट्टराई, वडा सदस्य टोपकली कप्दार, पदमबहादुर महत्रा, नविन टण्डन लगाएतले जनतालाई सेवा दिएका थिए। ग्लोवल आईएमई बैंक दुर्गाफाट शाखामा योजनाका खाता सञ्चालन गरिएको छ ।