गुल्मी
माघ १२ – नेपाल कम्युनिष्ट पार्टी नेकपा धुर्कोट गाउकमिटि गुल्मीको बिस्तारित बैठक सम्पन्न भएको छ ।
बिभिन्न निर्णयहरु गर्दै शनिबार बैठक सकिएको हो । बैठकले जनयुद्ध दिवस फागुन १ गते मनाउने र त्यसैदिन युवाहरुको भेला गरि गाउपालीका स्तरिय कमिटि गठन गर्ने, पार्टिको संगठन बिस्तार गर्ने कार्यलाई तिव्रता दिने ,पार्टिका जनवर्गिय मार्चाहरुको भेला बिभिन्न मितिमा गर्ने निर्णय गरेको छ जसमा महिला संगठनको भेला माघ २१ गते, दलित संगठनको भेला माघ २५ गते ,किसान संगठनको भेला फागुन १० गते, भुतपुर्व सेना तथा प्रहरि संगठनको भेला फागुन १५ गते गर्ने, जनजाति संगठनको भेला फागुन ७ गते र अन्य बाकी जनवर्गिय संगठनको भेलाको मिति छिट्टै तोकिने निर्णय गरेको छ । यस्तै २०७६ सालको पार्टि सदस्यता नबिकरण चैत्र मसान्त भित्रमा गर्ने निर्णय गरेको छ । बैठकमा धुर्कोट गाउकमिटि अध्यक्ष गोपाल कँुवरको अध्यक्षता,प्रदेश सचिवालय सदस्य बोम बहादुर खड्का को प्रमुख आथित्यता ,प्रदेश सचिवालय सदस्य तथा गुल्मी जिल्ला कमिटि सचिव बिर बहादुर कार्कीको बिशेष आथित्यता रहेको थियो ।
यस्तै अतिथिहरुमा पुर्व माननीय तथा पार्टिका अग्रज नेता टंक प्रसाद पोख्रेल ,प्रदेश कमिटि सदस्य निम बहादुर पाण्डे ,जिल्ला कार्यलय सदस्य तथा धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोख्रेल, जिल्ला सचिवालय सदस्य तथा धुर्कोट गाउकमिटि इन्चार्ज कृष्ण घिमिरे ,सहइन्चार्ज चन्द्र बिक ,जिल्ला सचिवालय सदस्य नारायण पोख्रेल,शेषकान्त गौतम, बिनिता पोख्रेल ,जिल्ला कमिटि सदस्य बिरेन्द्र कुँवर , लिला खनाल,कविता बिक,कमला घर्ति ,प्रेम मुखिया र कृष्ण नेपाली रहनुभएको थियो । धुर्कोट गाउपालीकाका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रमको सन्चालन धुर्कोट गाउकमिटि सचिव चन्द्र सुनारले गर्नुभएको थीयो ।