माघ २३
रुरुक्षेत्र गाउँपालिका गुल्मी
रुरुक्षेत्र गाउँपालिका गुल्मीमा खोप सम्बन्धी १ दिने गोष्ठी सम्पन्न भएको छ ।
स्थानिय स्तरमा पुर्ण खोप गाउँपालिका सुनिश्चितता र दिगोपन सुक्ष्मयोजना र दादुरा रुबेला खोप अभियानको लागि गोष्ठी गरिएको हो ।
स्वास्थ्यकर्मी,जनप्रतिनिधी र सरोकारवालाको सहभागितामा आगामी फागुन पहिलो हप्ता देखि खोप अभियान संचालन गर्न र अभियानलाई सफल बनाउन गोष्ठीमा छलफल गरिएको थियो ।
कार्यक्रममा बम्घा स्वास्थ्य चौकिका जनार्दन बिष्ट, श्रृङ्गेश्वर बहुमुखी क्याम्पसका प्रमुख सोभाकर पन्त, नेकपाका सचिब नारायण पौड्याल, गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी पन्थ, गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम लगाययतले खोप अभियानको लागि सबै क्षेत्र बाट सक्रिय सहभागी भएर सफल बनाउन प्रतिबद्धता सहित आग्रह गर्नु भएको थियो ।
कार्यक्रमको बारेमा स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारी र स्टाफ नर्स आर्जु केशीले जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको सहजिकरण बलेटक्सार स्वास्थ्य चौकिका अहेब पशुपती केशीले गर्नु भएको थियो ।
रुरुक्षेत्र गाउँपालिका गुल्मीको ६ वटा वडामा १ हजार ४ सय ७४ जनालाई खोप दिने लक्ष्य रहेको छ ।