माघ २७
छत्रकोट गाउँपालिका
पिपलनेटा दिगाम धरमपानी खज्र्याङ्ग दौघा फर्सवाटाकुरा मोटरबाटो स्तरउन्नती उपभोक्ता समितिले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
छत्रकोट गाउँपालिका गुल्मीले बिनियोजन गरेको ६० लाख रुपया बराबरको काम सम्पन्न भए पछि सार्वजनिक सुनुवार्इृ कार्यक्रम गरि आयब्याय सार्वजनिक गरिएको हो ।
उपभोक्ता समितिका अध्यक्ष देबी प्रसाद पाण्डेयले ६८ लाख ३७ हजार ६ सय १४ रुपया बराबरको बिवरण प्रस्तुत गर्नु भएको थियो । जसमा ४९ लाख ५८ हजार ३ सय ७४ रुपया पालिकाबाट प्राप्त र उपभोक्ता बाट ८ लाख ७९ हजार २ सय ४० रुपयाको लागतमा पिपलनेटा दिगाम धरमपानी रोकापिपल सम्म करिब ६ किलोमिटर बाटो ८ मिटर चौडा गरि स्तरउन्नती गरिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ,उपाध्यक्ष नर्मदा भण्डारी,जिल्ला समन्वय समिति सदस्य गंगा पन्थ वडा अध्यक्ष हरु तेजकान्त अर्याल,डिलाराम न्यौपाने,कृष्ण पन्त,थम्मन बहादुर ज्ञवाली नेकपाका नेता रामचन्द्र कडेल, नेपाली काङ्ग्रेसका संयोजक धातानन्द भुषाल निर्माण ब्यवसायी यज्ञ पाण्डेय लगायतले सुभकामना सहित आफ्ना बिचार राख्नु भएको थियो । कार्यक्रममा सुनिता गाहाले स्वागत गर्नु भएको थियो । कार्यक्रम उपभोक्ता समितिका सचिब राम प्रसाद पन्तले संचालन गर्नु भएको थियो ।
छत्रकोट गाउँपालिका गुल्मीले यस आर्थिक बर्षलाई निर्माण बर्षको रुपमा अगाडी बढाएको छ ।