माघ २७
रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका गुल्मीको बलेटक्सार बजारको अनुगमन निरिक्षण गरिएको छ ।
गाउँपालिकाले वडा नम्बर ४ का जनप्रतिनिधी, कर्मचारी ईलाका प्रहरी कार्यालय रिडी र पत्रकारको टोलिको अनुगमन समिति बनाई स्थानिय ब्यवसायीका होटल र पसलको अनुगमन निरिक्षण गरेको हो । अनुगमनका क्रममा म्याद नाघेका बस्तुहरु बिक्रीकोलागि राखेको भेटिएको थियो ।
११ वटा होटल र पसलको अनुगमन निरिक्षण गर्दा म्याद नाघेका बस्तुहरु बिक्रीकोलागि राखेको र अब्यवस्थित पसललाई, ब्यवस्थित गर्न र नाघेका बस्तुहरु बिक्री नगर्न ब्यवसीलाई वडाकार्यलमा उपस्थित गराई गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले सचेत गराई सुझब दिनु भएको थियो ।
अनुगमनको नेतृत्व वडा नम्बर ४ का अध्यक्ष फर्सुराम ज्ञवाले गर्नु भएको थियो । टोलिमा वडा सदस्यहरु अन्जु केशी, मोती प्रसाद श्रेष्ठ, अधिकृत निर्मल पोख्रेल, उद्योग बाणिज्य संघ बलेटक्सारका उपाध्यक्ष कमल श्रेष्ठ, ईलाका प्रहरी कार्यालय रिडीका आसिष बिक, दिल बहादुर रास्कोटी, वडा सचिब राम प्रसाद ज्ञवाली लगायतको सशभागिता रहेको थियो ।