सुरेश थापा
गुल्मी ,माघ २८ – दादुरा रुवेला खोप अभियान सम्वन्धी गाउपालीका स्तरिय अभिमुखिकरण गोष्ठी गुल्मीको सत्यवति गाउपालीकाको सभाहलमा सम्पन्न भएको छ ।
सत्यवति गाउपालीका भित्रका ९ महिना देखि ५ वर्ष मुनिका १९ सय ८३ जना बालबालीकाहरुलाई खोप लगाउने लक्ष्य अनुरुप फागुन ६ गतेदेखि १४ गतेसम्म खोप अभियान सन्चालन गर्न लागिएको हो ।गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख सुर्य बहादुर राना र डा. सुनिल ज्ञवालीले सहजिरण गर्नुभएको थियो । गाउपालीका अध्यक्ष पारिश्वर ढकालको अध्यक्षता,उपाध्यक्ष शुवर्ण शाहि सेर्चन ,प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारी, ८ वटै वडाका वडाध्यक्षहरु, कार्यपालीका सदस्यहरु,इलाका प्रहरी कार्यलय जोहाङका प्रमुख सुग्रीव बैदवार , पत्रकार, स्वास्थ्य कर्मिहरुको गोष्ठीमा सहभागिता रहेको थियो ।खिमलाल पाण्डेको सन्चालन मा कार्यक्रम सम्पन्न भएको छ ।