राधा पोखे्रल
गुल्मी ,माघ २८ -गुल्मीको धुर्कोट गाउपालीका ४ बर्बोटमा चलिरहेको मेलमिलाप सम्वन्धी ४८ घण्टे आधारभुत तालिमको आज छैठौ दिनको कार्यक्रम सम्पन्न भएको छ ।
आज शान्तीका लागि समग्र बिकास संस्थाका अध्यक्ष बिद्या खनाल , कविता अधिकारी र धुर्कोट गाउपालीका कानुनी सल्लाहकार बिष्णु प्रसाद बलालले तालिममा सहजिकरण गर्नुभएको थियो ।धुर्कोट गाउपालीकाका प्रत्येक वडाका ३ ३ जना गरि २१ जना र न्यायिक समितिका सदस्य कमला घर्ति र भिम प्रसाद पन्थीको सहभागिता रहेको छ । सहभागिहरुले तालिम पश्चात स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार अनुसारका ११ किसिमका मुद्धाहरुलाई मेलमिलापको माध्यमबाट सहजिकरण गर्नेछन ।तालिमको अनुगमन गाउपालीका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शिब बहादुर खत्रीले गर्नुभएको थियो । तालिमको भोलीे समापने हुनेछ ।