गुल्मी
माघ २८- गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ७ वाग्ला लाहाटाको सरस्वती प्राथमिक बिद्यालयको अभिभावक भेला सम्पन्न भएको छ ।
भेलाले बिद्यालय व्यवस्थापन समितिको पुर्नगठन गरेको छ । लाहाटा निवासी समाजसेवी तिर्थराज पन्थीको अध्यक्षतामा ७ सदस्यीय बिद्यालय व्यवस्थापन समितिको पुर्नगठन गरिएको हो ।
नि बर्तमान बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तिर्थराज पन्थीको अध्यक्षता ,धुर्कोट गाउपालीका शिक्षा शाखा प्रमुख मधु घिमिरेको प्रमुख आथित्यता रहेको कार्यक्रममा वडा शिक्षा समितिका सदस्य छन्त बहादुर केसि,टोपलाल पराजुलि, ढुण्डीराज घिमिरे तथा छिमेकी बिद्यालयका प्रधानाध्यापक मुक्तिराम पराजुलिको आथित्यता रहेको थियो । यस्तै सरिता नेपालीको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघको पनि गठन गरिएको छ ।मीना कार्कीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन प्रधानाध्यापक सुर्य केसिले गर्नुभएको थियो ।