चुरामणि तिमिल्सीना
गुल्मी ,माघ २८ – रुरुक्षेत्र गाउँ कार्यपालिकाको कार्यालय रुरु ४ बलेटक्सार गुल्मीले औपचारिक कार्यक्रमका साथ अपाङ्गता परिचय पत्र बितरण तथा नवीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
४६ जनालाइ परिचय पत्र बितरण गरिएको प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरिले जानकारी दिनुभयो । जस्मा क बर्गका ५ जना ,ख बर्गका १६ जना, ग बर्गका ९ र घ बर्गका १६ जना रहेको डा सुबोध ज्ञवाली ले बताउनुभयो ।कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले राज्यले दिएको यो सुबिधा पालिकाले मनोमानी ढङ्गले बितरण नगरी डाक्टरले परिक्षण गरि रिपोर्ट का आधारमा बितरण गरिएको बताउनुभएको थियो ।कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेबि पन्थ , रुरु १ का अध्यक्ष रामलाल बिक ,२ का अध्यक्ष घनश्याम ज्ञवाली, ३ का अध्यक्ष शेषनारायण पौडेल, ४ का अध्यक्ष पर्सुराम ज्ञवाली, ५ का अध्यक्ष हरि प्रसाद ज्ञवाली र ६ का वार्ड सचिब हरि प्रसाद न्यौपाने, ईलाका प्रहरी कार्यलय रिडिका प्रहरी नायब निरीक्षक सालिक राम थापा , जनप्रतिनिधी भगवती बराल , कालिका आमा समुह रिडिकी अध्यक्ष रेनुका पन्थी, सबै वार्डका सचिबहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष पन्थले बिगतमा बाकी रहेकालाइ यसरी बितरण गर्दा प्रभाबकारी हुने र अभिभावक समेत उपस्थित हुदा अपांगहरुको पूरा विवरण थाहा हुने बताउनुभएको थियो ।