चुरामणि तिमिल्सीना
गुल्मी ,माघ २८ – रुरुक्षेत्र गाउँपालिका गुल्मीले आज बलेटक्सार तथा रानिबासमा बजार अनुगमन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमको नेतृत्वमा बजार अनुगमन गरिएको हो । किराना पसल, मासु पसल , पाउरोटि उधोगमा अनुगमन गरिएको छ । अनुगमन कार्यक्रममा खास गरि पाउरोटी उधोगले लापरबाही तरिकाले उत्पादन गरेको , सफा नगरी उधोग सन्चालन गरेको, मदिराको नाममा पाउरोटी उधोग चलाइएको फेला पारिएको छ । केही मासु पसलमा अनुगगमन गर्दा फोहोर तरिकाले पसल सन्चालन गरिएकाले अनुगन टोलिले मासु पसलको ताल्चा समेत नियन्त्रणमा लिएको छ । सबैलाइ सुझाब दिदै भोलि दिउँसो ३ बजे पालिकामा हाजिर हुन समेत भनेको छ ।
म्याद नागेका सामाग्री समेत ल्याउन अनुरोध गरिएको छ । अनुगमन कार्यक्रममा पालिकाका अधिकृत निर्मल पोखरेल ,वडा नम्बर ४ का अध्यक्ष फर्सुराम ज्ञवाली , ५ का अध्यक्ष हरि प्रसाद ज्ञवाली , ४ का वार्ड सचिब राम प्रसाद ज्ञवाली , पत्रकार तथा सुरक्षा निकायको सहभागिता रहेको थियो । यस्तै अनुगमन गाउपालीका भित्रका अन्य बजारहरुमा पनि तत्कालै गरिने अध्यक्ष गौतम ले बताउनु भएको छ ।