सुरेश छन्त्याल
माघ २८, बाग्लुङ – बाग्लुङको गलकोट नगरपालिका १० को पाण्डबखानी माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम मंगलबार देखि सुरु भएको छ ।
पहिलो दिन तीन हजार देखि पाँच हजार सम्मका चन्दादाताहरुलाई सम्मान, विद्यायलको विभिन्न प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई पुरस्कार वितरण लगायत कार्यक्रम सम्पन्न भएको छन ।कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालको अध्यक्षता, वडा अध्यक्ष तिलक घर्तिको प्रमुख आथित्यता रहेको थियो । वार्षिकोत्सव कार्यक्रम फागुन १ गते सम्म चल्नेछ । शिक्षक प्रकाश पुनको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन राजु काउचाले गर्नुभएको थियो ।