सुरेश थापा
गुल्मी , माघ २९ – मनकामना आधारभुत बिद्यालय सत्यवति गाउपालीका वडा नम्बर ३ कुरहले रजत महोत्सव मनाइरहेको छ ।
माघ २६ गतेदेखि सुरु भएको रजत महोत्सवमा बिभिन्न खेलकुद प्रतियोगिताहरु, सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन । माघ २७ गतेबाट साविकको वडा स्तरिय भलिबल प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । जसमा संगम युवा समुह ठुलोलुम्पेक प्रथम, हिमालय युवा परिवार ठुलोलुम्पेक द्धितिय र अस्लेवा खेलकुद समिति सत्यवति १ अस्लेवा तृतिय भएका छन । आजको कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष देविराम थापाको अध्यक्षता, वडाध्यक्ष रुक बहादुर रानाको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको सन्चालन शिक्षक देबिराम थापाले गर्नुभएको थियो । रजत महोत्सव कार्यक्रम भोलि समापन हुनेछ । समापन समारोहको प्रमुख अतिथि गाउपालीका अध्यक्ष पारिश्वर ढकाल रहने कार्यक्रम छ । समापनको दिन भोलि राष्ट्रिय कलाकार शान्ती श्री परियार सगै स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने बिद्यालयले जनाएको छ ।