गुल्मी
माघ २९ – गुल्मीको मालिका गाउपालीका वडा नम्बर ६ अर्जेमा स्वास्थ्य बिमा कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ ।
कार्यक्रममा राजनैतिक दलमा प्रमुख, जन प्रतिनिधि, हेल्थ पोष्ट व्यवस्थापन समिति का पदाधिकारीहरु ,महिला स्वास्थ्य स्वयमसेविका ,कर्मचारीहरुको सहभागिता रहेको थियो ।
मालिका गाउपालीका वडा नम्बर ६ अर्जेका वडा अध्यक्ष शोभाखर गिरिले आफ्नो परिवारको स्वास्थ्य बिमा गराएर कार्यक्रमको सुरुवात गर्नुभएको हो । कार्यक्रमको सुरुवात गर्देै वडा अध्यक्ष गिरिले आर्थिक अभावको कारणले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउने परिवारको लागि अत्यन्तै महत्वपुर्ण कार्यक्रम रहेको बताउनुभएको थियो । आज एक दिने अभिमुुुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष तथा हेल्थ पोष्ट व्यवस्थापन समिति अध्यक्ष गिरिको अध्यक्षता,अर्जे स्वास्थ्य चौकी इन्चार्ज खिमराज पोख्रेलको स्वागत मन्तव्य सगै सन्चालन र स्वास्थ्य बिमा सहजकर्ता हरिकला अधिकारीले सहजिकरण गर्नुभएको थियो ।