फागुन १
चन्द्रकोट गाउँपालिका
चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट गाउँपालिका शान्तीपुर गुल्मीको नवनिर्मित भवन उद्घाटन एवम हस्तान्तरण गरिएको छ ।
भारतिय राजदुताबासको सहयोगमा निर्माण गरिएको सुबिधा सम्पन्न पक्किभवन माघ २९ गते एक समारोशका बिच उद्घाटन गर्दै हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष द्रोण खत्रीले भारतिय राजदुताबास लाई धन्यबाद दिदै सुबिधा सम्पन्न पुर्बाधारको औचित्य त्यस संस्थाले गर्ने गुणस्तरिय सेवा बाट मात्र पुष्टि हुनेभएकोले क्यामपसले गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्ने र त्यसकालागि आआफ्ना क्षेत्रबाट सबै लागिपर्नु पर्ने बताउनु भयो ।
कार्यक्रका बिशेष अतिथी भारतिय राजदुताबासका काउन्सीलर डेभलपमेन्ट अफिसर डा.प्रफुल्लराज शर्माले संस्थाको लागि आर्थिक बिषय अहिलेको समयमा ठुलो बिषय नभई उद्देश्य र सेवा महत्वपुर्ण भएकोले सरोकारवाला सबै क्याम्पसको शैक्षिक गुणस्तरको लागि अगाडी बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता क्याम्पसका अध्यक्ष मिमलाल श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधिका अर्याल,जिल्ला समन्वय अधिकृत भक्तिराम मरासिनी, क्याम्पस प्रमुख हिम बहादुर क्षेत्री, क्याम्पसका पुर्व अध्यक्ष केसव प्रसाद न्यौपाने, चन्दादाता महेश्वर श्रेष्ठ लगायतले सुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम श्यामलाल गौतमले संचालन गर्नु भएको थियो । चन्द्रकोट बहुमुखी क्याम्पसमा मानबिकी र ब्यवस्थापन संकायमा १ सय १९ बिध्यार्थी अध्यनरत छन ।