मनोज कार्की
फागुन ४ गुल्मी – जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले शिक्षाको गुणस्तरमा वृद्धि गर्न आबश्यक रहेको बताएका छन् ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं २ ताल्तुङ्गमा देबिस्थान माबिको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले समाजलाई अन्धकारबाट उज्यालो तर्फ धकेल्नको लागि शिक्षाको गुणस्तर वृद्धि गर्ने सकेमा मात्र समाजमा शिक्षाको महत्व रहने बताए । पराजुलीले स्वर्ण महोत्सवको नाममा बिद्यार्थीका अभिभाबक देश तथा बिदेशमा रहेका स्थानियबाट संकलन गरिएको रकमको शिक्षाको क्षेत्रमा नै सदुपयोग गर्ने बिद्यालयलाई आग्रह गरेका छन् ।
१५ बर्ष सम्म हुन नसेकेका कामहरु २ बर्षमा नै भएको बताउदै उनले शिक्षाको नियम नितिमा अनुसार परिर्वतन गरि स्थानिय सरकार सँग सहकार्य गरिअगाडि बढ्न सकेमा बिद्यालयको प्रगति रहने बताए । २०२६ सालमा स्थापना भएको देबिस्थान माबिले यहि माघ २८ देखि फागुन ३ गते सम्म स्वर्ण महोत्सव संचालन गरेको थियो । कार्यक्रममा लोकदोहोरी गायक सन्तु थापा, हरि खत्रि,गणेश अधिकारी,अनिल खत्रि हास्य कलाकार गोबिन्द्र बस्नेत लगाएत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
दानबिर सम्मानित
देबिस्थान माबिले आफ्नो बिद्यालयको स्वर्ण महोत्सवका अबशरमा बिद्यालयलाई सहयोग गर्ने सहयोग दातालाई सम्मान गरेको छ । अब बिद्यालय र बिद्यार्थीहरुको बिषयमा स्थानिय सरकारले सोच्ने बेला आएको रेसुङ्गा नगरपालिकाका प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताएका छन् । साबिकको हस्तिचौर गाबिसमा ३ वटा मात्र माध्यमिक बिद्यालय संचालित रहेको छन् जस मध्ये देबिस्थान माबि पनि एक रहेको भन्दै बिद्यालयको भौतिक संमरचना संगै ब्याबस्थापनलाई सुर्धान नसकेमा बिद्यालयको नामको केहि औचित्य नरहेको मरासिनीले बताए ।
शुभकामना मन्तब्य राख्दै अधिकृत मरासिनीले बिद्यालयको लागि रेसुङ्गा नगरपालिका बाट २५ हजार सहयोग गरेको आगमि दिनमा पनि बिद्यालयमा निरन्तर सहयोग गर्ने बताए । बिद्यालयले कक्षा ११र१२ संचालनको लागि ७५ लाख भन्दा माथि रकम संकलन भएको देबिस्थान माबिका प्रधानध्यापक नारायण मरासिनीले जानाकारी दिए । बिद्यालयलाई ५० बर्ष सम्म आफ्नो एक्लो प्रयासले नभई यसको संचालनको निमित्त सहयोग गर्ने सबैलाई पधानध्यापक मरासिनीले धन्यबाद ब्यक्त गरे ।
कार्यक्रममा इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट, जिल्ला समन्वय सदस्य राम मल्ल ठकुरी, गंगा पन्त, वडा अध्यक्ष टिका बहादुर रेश्मी,लोकदोहोरी गायक सन्तु थापा, अनिल खत्रि, बिभिन्न राजनितिक दलका प्रमुख, समाजसेवी, वृद्धिजिबी, शिक्षाप्रेमी, पत्रकार सुरक्षाकर्मि,अभिभाबक लगाएको उपस्थिती रहेको थियो । बिद्यार्थीहरुले कार्यक्रममा गित तथा नृत्य प्रस्तुत गरेका थिए । बिद्यालयको लागि फर्निचर अभाब,भौतिक अबस्था जिर्ण,भवनको अभाब रहेको देबिस्थान माबिले जानकारी दिएको छ ।
बिद्यालयको स्वर्ण महोत्सवको लागि २ महिना देखि बिद्यालयका शिक्षक शिक्षिका लागि निरन्तर लागि परेर स्वर्ण महोत्सव सफल भएको भन्दै वडा अध्यक्ष टिका बहादुर रेश्मीले बिद्यालय परिवारलाई धन्यबाद दिए ।बिद्यालयको शिक्षालाई माथि उकास्नको लागि वडा कार्यलय देखि जनप्रतिनिधि निरन्तर लागेको रेश्मीले बताए । स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै बिद्यालयलाई इस्मा गाउँपालिकाकि उपाध्यक्ष बिमला केसिले सफलताको शुभकामना ब्यक्त गरिन् । बिद्यालयलाई गाउँपालिका बाट एक लाख सहयोग गरेको र शिक्षालाई मध्ये नजरमा राख्दै इस्मा गाउँपालिका अगाडि बढेको उपाध्यक्ष केसिले बताईन् ।