फागुन ६
गुल्मी- नेपाली काङ्ग्रेस गुल्मीका संस्थापक सभापती एवं पुर्व सांसद भागवत ज्ञवालीको निधन भएको छ ।
अल्सर रोगबाट पिडित ज्ञवालीको फागुन ६ गते काठमाडौ अल्का अस्पतालमा उपचारको क्रममा ७५ बर्षको उमेरमा निधन भएको हो ।
आत्मबोध माबि मानकोट गुल्मीको प्रअ पदमा कार्यरत ज्ञवाली शिक्षण पेशा छोडी नेपाली काङ्ग्रेसको सक्रिय राजनितीमा प्रबेश गर्नु भएको थियो ।२०४८ सालको संसदिय निर्वाचनमा नेपाली काङ्ग्रेस बाट गुल्मी साबिकको क्षेत्र नं. २ बाट निर्वाचित हुनु भएका ज्ञवाली राज्य ब्यवस्था समितिको संयोजक समेत बन्नु भएको थियो ।
२००७ साल पछिका बिभिन्न आन्दोलनमा उहाको सहभागिता रहेको थियो ।कर्मनिष्ठ एवं आदर्श नेताका रुपमा परिचित ज्ञवलीको निधनले नेपाली काङ्ग्रेस गुल्मीलाई अपुर्णनिय क्षती पुगेको र पार्टि परिवार स्तब्ध भएको नेपाली काङ्ग्रेस गुल्मका सभापती भुवन श्रेष्ठले बताउनु भयो ।स्वर्गिय ज्ञवालीका आमा,श्रीमती र २ छोरा हुनुहुन्छ ।