गुल्मी
फागुन ८- जनकल्याण आधारभुत बिद्यालय धुर्कोट २ पिपलधारा जुम्लादि चोरपानी गुल्मीमा अक्षयकोष स्थापना गरिएको छ ।
चोरपानी निवासी बाल बहादुर बिककी श्रीमती तथा छोरा बाबुराम रसाइली ,जितेन्द्र रसाइली,छोरी कमला र बिमला बिककी ममतााामयी माता स्वर्गिय भिमा बिकको वार्षिक पुण्यतिथिको अवसर पारी अक्षयकोष स्थापना गरिएको हो । बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि रु २५००० अक्षयकोष स्थापना गरिएको छ ।अक्षयकोष स्थापना कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कृष्ण खत्री,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बिक,शिक्षक अभिभावक संघका अध्यक्ष गिर बहादुर सुनार ,आर्थिक अभियान संयोजक गोपाल सुनार,समाजसेवि ,बुद्धिजिवि, शिक्षक शिक्षीकाहरु, बिद्यार्थिहरुको उपस्थिति रहेको शिक्षक बिष्णु बिकले जानकारी दिनुभयो ।