काठमाडौ ,
फागुन ९ – आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पश्चिमी भेगका धेरै पूर्वी भू भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। आज बिहान ६ बजे निकालेको बुलेटिनमा राति देशभर आशिकदेखि सामान्य बदली रहने उल्लेख छ।
वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ। देशका विभिन्न स्थानमा हल्का वर्षा हुने छ।