राधा पोख्रेल
गुल्मी ,फागुन ११- नयाँगाउ माध्यमिक बिद्यालय धुर्कोट गाउपालीका वडा नम्बर १ गुल्मीले आफ्नो ६१ औ वार्षिक उत्सव मनाइरहेको छ ।
फागुन ३ गतेबाट सुरु भएको वार्षिक उत्सव कार्यक्रम अन्तर्गत आज अन्तरप्रावि स्तरिय हाजिरिजवाफ प्रतियोगिता र कक्षा ६ देखि १२ सम्मको अन्तरसदनात्मक भलिबल प्रतियोगिता सम्पन्न भएका छन ।हाजिरिजवाफ प्रतियोगितामा ५ बिद्यालयको सहभागिता रहेको थियो जसमा नयागाउ मावी प्रथम,नवज्योति निमावी द्धितिय ,देउराली प्रावि तृतिय भएका छन । यस्तै अन्तरसदनात्मक भलिबल प्रतियोगितामा अन्नपुर्ण सदन प्रथम र माछापुच्छ्रे सदन द्धितिय भए का छन ।
आज पुराना सामागी्रहरु पनि प्रदर्शनमा राखिएको थियो ।वार्षिक उत्सव कार्यक्रमको समापन भोलि हुदैछ । भोली प्रवचन ,चन्दादाता सम्मान , छात्रवृति तथा पुरस्कार बितरण, नयाँगाउ दपर्ण बिमोचन सगै बिभिन्न सास्कृतिक प्रस्तुति रहने त्यहाबाट अनिशा पोख्रेलले जानकारी दिनुभयो ।