राधा पोख्रेल
गुल्मी ,फागुन ११ – गुल्मीको धुर्कोट गाउपालीका स्तरिय दादुरा रुबेला खोप अभियान सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्नa भएको छ ।
कोहि पनि बालबालीका खोप लगाउनबाट नछुटुन भन्ने उद्धेश्यका साथ धुर्कोट गाउपालीका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कासीराम पन्थी, उपाध्यक्ष शिब बहादुर खत्री, वडा नम्बर ४ का वडाध्यक्ष तथा सामाजिक बिकास समिति संयोजक मान बहादुर कुवर,वडा नम्बर १ का वडाध्यक्ष कमल थापा,२ का वडाध्यक्ष नविन जिसि ,३ का वडाध्यक्ष बिष्णु श्रीस, , ५ का वडाध्यक्ष ढुण्डिराज भण्डारी,६ का वडाध्यक्ष कृष्ण नेपाली,७ का वडाध्यक्ष हिम प्रसाद पन्थी,कार्यपालीका सदस्य बिमला घिमिरे ,कमला घर्ती , स्वास्थ्य चौकी प्रमुखहरु,बिभिन्न शाखा प्रमुखहरु ,वडा सचिवहरु ,पत्रकार लगायतको सहभागिता रहेको थियो ।वस्तु स्वास्थ्य चौकी प्रमुख डिल्लीराज पराजुलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख प्रेम खनालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा दादुरा रुवेला खोप सम्वन्धी बिभिन्न जानकारी गराइएको थियो ।
सरकारले देशैभर ९ महिनादेखि ५ वर्षमुनिका बालबालीकाहरुको लागि दादुरा रुवेला खोप अभियान सन्चालन गरेको छ । धुर्कोट गाउपालीका भित्र यहि फागुन १८ गतेदेखि २६ गतेसम्म यो अभियान सुरु हुदैछ ।