राधा पोख्रेल
गुल्मी ,फागुन ११ – परियोजना व्यवस्थापन तथा समन्वय समिति गठन तथा परियोजना अभिमुखिकरण कार्यक्रम धुर्कोट गाउपालीका गुल्मीमा सम्पन्न भएको छ ।
सिर्जनशिल सामुदायिक बिकास केन्द्र तम्घास गुल्मीको आयोजना तथा धुर्कोट गाउपालीका हेफर प्रोजेक्ट नेपालको सहयोगमा कार्यक्रम गरिएको हो । धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोख्रेलको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत काशीराम पन्थी, गाउपालीका उपाध्यक्ष शिव बहादुर खत्री,वडा नम्बर १ का वडाध्यक्ष कमल थापा, वडा नम्बर २ का वडाध्यक्ष नबीन जिसि, वडा नम्बर ३ का वडाध्यक्ष बिष्णु श्रीस, वडा नम्बर ७ का वडाध्यक्ष हिम प्रसाद पन्थी,एकिकृत ग्रामिण बिकास समाजका अध्यक्ष हिरा एसी,
कार्यपालीका सदस्य बिमला घिमिरे ,योजना शाखा प्रमुख खड्क बहादुर थापा,हिमचुली कृषि तथा पशु बिकास महिला सहकारी संस्थाका तारा खनाल,हेफर परियोजना अधिकृत सरद कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।हेफरका सहायक निर्देशक दुर्गा बहादुर केसिले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने बित्तिय व्यवस्थापनको बारेमा गौरव रिजालले प्रष्ट पार्नुभएको थियो । सहकारीको प्रतिवेदन बसुन्धरा भण्डारीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सन्चालन नरेश भण्डारीले गर्नुभएको थियो ।