फागुन १३
दाङ
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको मेसनरी सामानमा चट्याङ पर्दा क्षति पुगेको छ।
शनिबार दिउँसो कार्यालयमा चट्याङ पर्दा कम्युटर, टोकन मेशिन, प्रिन्टर, अनलाईन युपिएस, सर्भर र नेटवर्क गरी करिब
४ लाख बराबरहको क्षति पुगेको कार्यालयका प्रशासन प्रमुख तथा सूचना अधिकारी युवराज विष्टले बताए।
चट्याङले कुनै मानवीय क्षति नभएको उनले बताए। कार्यालयको महत्वपूर्ण सर्भर र कम्प्युटरमा क्षति भएपछि अहिले सेवा प्रभावित बनेको छ।
सर्भर मर्मतको लागि सोमबार नै नेपालगन्ज पठाएको भए तापनि त्यहाँ सम्भव भएपछि काठमाडौं पठाएको उनले बताए। अव काठमाडौँबाट
बनेर नआउँदासम्म विद्युत महशुल काउण्टर केही दिनका लागि बन्द हुने समेत उनले बताए। विद्युत काउण्टर बन्द हुँदा महशुल बुझाउन
आएका सेवाग्राही फर्कन बाध्य भएका छन्, भने सर्भर नहुँदा अनलाइनमार्फत भुक्तानी पनि हुन सकेको छैन।
सेवाग्राहीले भने कार्यालयबाट समय मै सूचना नपाउँदा दुख पाएको गुनासो गरेका छन्।