राधा पोख्रेल
गुल्मी, फागुन १४ – स्मार्ट कृषि गाउ कार्यक्रम समुहको धुर्कोट गाउपालीका वडा नम्बर ६ किमुखर्क गुल्मीमा उद्धघाटन गरिएको छ ।
बुधबार एक कार्यक्रमको बिच स्मार्ट कृषि गाउ कार्यक्रम समुहको उद्धघाटन गरिएको हो । कार्यक्रममा स्मार्ट कृषि गाउ कार्यक्रम समुहका अध्यक्ष रबिलाल भण्डारीको अध्यक्षता, प्रदेश नम्बर ५ का सांसद दिनेश पन्थीको प्रमुख आथित्यता, धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोख्रेल, उपाध्यक्ष शिव बहादुर खत्री, वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण बहादुर नेपाली, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेको बिशिष्ट आथित्यता रहेको थियो । यस्तै अतिथिहरुमा कृषि ज्ञान केन्द्र गुल्मीका लेखा अधिकृत गुणानीधी पाण्डे, स्मार्ट कृषि गाउ कार्यक्रम समुहका फोकल प्रसन हरि आचार्य,कृषि शाखा प्रमुख श्याम कार्की,वडा सदस्यहरु,पुर्व वडाध्यक्षहरु,कृषकहरु, पत्रकार लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद पन्थीले गरिबि पछौटेपन अन्त्यका लागि सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । यसको लागि कृषि तथा पशुपालन तर्फ लाग्न उहाले सुझाव दिनुभयो । सांसद पन्थीले स्मार्ट कृषि गाउ कार्यक्रमलाई अगाडि बढाउदै धुर्कोट गाउपालीकालाई सबल र सक्षम बनाएर अगाडि बढेमा गाउपालीका सगै देश नै समृद्ध बन्ने बताउनुभएको छ ।
यस्तै बिशिष्ट अतिथि तथा गाउपालीका अध्यक्ष पोख्रेलले कृषि तथा पशुपालन क्षेत्रलाई बढाएर आम्दानी बढाउने , गरिबि दर घटाउने , स्वरोजगार बन्ने र किसानलाई व्यवसायिक बन्न तर्फ लाग्न सुझाव दिनुभएको छ । उहाले सहकारीकरण गर्नतिर लाग्न पनि आग्रह गर्नुभएको छ ।
यस्तै बिशिष्ट अतिथि तथा गाउपालीका उपाध्यक्ष खत्रीले कृषि गाउ कार्यक्रमलाइ सहि ढंगले अगाडि बढाएर गाउमै स्वरोजगार बन्ने तर्फ लाग्नुपर्ने बताउनुभएको छ ।
स्मार्ट कृषि गाउ कार्यक्रम समुहका सदस्य राम प्रसाद भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन सदस्य सचिव लोक बहादुर खत्रीले गर्नुभएको थियो ।