राधा पोख्रेल
गुल्मी, फागुन १६ – गुल्मीमा एक बेवारिसे शव फेला परेको छ ।
जिल्लाको धुर्कोट गाँउपालिका वडा नम्वर १ नयाँगाँउमा शव फेला परेको हो ।पुर्कोट दहको प्रहरी निरिक्षकको टोलीले घटनास्थलको प्रहरी मुचुल्का उठाई शवको पोस्टमार्टमको लागी गुल्मी अस्पताल तम्घास लगिएको वडा सदस्य चेतमान कुँबरले जानकारी दिनुभयोअन्दाजी ७० वर्षीय वृद्धको अर्धनग्न अवस्थामा शव फेला परेको छ ।
घाँस दाउरा जाने क्रममा स्थानीयले शवलाई देखे पछि प्रहरीलाई खबर गरेका थिए । यो समाचार तयार पार्दासम्म शवको पहिचान हुन सकेको छैन ।