राधा पोख्रेल
गुल्मी ,फागुन १६ – नेपाल राष्ट्रिय मगर संघ धुर्कोट गाउपालीका गुल्मीको अधिवेशन सम्पन्न भएको छ ।
धुर्कोट गाउपालीका वडा नम्बर ३ हाडहाडेको धनमुडा होमस्टेमा शुब बहादुर पहराईको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।अधिवेशन कार्यक्रममा नेपाली काङग्रेश धुर्कोट गाउपालीका वडा नम्बर ३ का सभापति तेज बहादुर बोहोराको अध्यक्षता,नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीको प्रमुख आथित्यता,नेपाली काङग्रेश केन्द्रिय निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य छन्द बहादुर पहराई र नेपाली कांङग्रेसका पुर्व जिल्ला सदस्य तथा धुर्कोट गाउपालीका उपाध्यक्ष शिब बहादुर खत्रीको बिशिष्ट आथित्यता रहेको थियो । नेपाली काङग्रेस जिल्ला सदस्य पदम बिष्ट ,गुल्मी निर्वाचन क्षेत्र नम्बर २ , प्रदेश सभा क का अध्यक्ष पुर्ण केसि ,नेपाल राष्ट्रिय मगर संघका जिल्ला सभापति हिरासिंङ सराङकोटी,जिल्ला उपाध्यक्ष बोम बहादुर राना लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।
अधिवेशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भलामीले लोकतान्त्रीक गणतन्त्र स्थापनाको लागि नेपालका मगर समुदायको महत्वपुर्ण भुमिका रहेकाले सबै मगर समुदायहरु नेपाली काङग्रेससग एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।नेपाली काङग्रेस धुर्कोट ३ हाडहाडेका उपसभापति छबिलाल काउछाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन नेपाली काङग्रेस जिल्ला कार्यसमिति सदस्य गोपाल थापा मगरले गर्नुभएको थियो ।