घनश्याम पौडेल
अर्घाखाची ,फागुन १६ – गर्भवती आमाको स्याहार र पोषण, घटाउ गर्भवाटै बच्चालाई कुपोषण भन्ने नाराका साथ अध्यक्ष पोषण प्याकेज कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नंम्बर ७ खाँचिकोट अर्घाखाचीमा मा सुभारम्भ भएको छ ।
वडा भित्र रहेका सवै गर्भवती महिलाहरूलाई अण्डा, झण्डा र झोला वितरण गर्न लागिएको वडा अध्यक्ष प्रितमबहादुर थापाले बताए ।कार्यक्रममा लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले १००० दिनको महत्त्व र त्यस अवधिमा ८० प्रतिशत दिमागको विकास हुने हुदा यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।कार्यक्रम वडा सचिव वेलकुमारी परियारको संचालन वडा अध्यक्ष प्रितम बहादुर थापाको अध्यक्षता, कार्यपालिका सदस्य वसन्ता केसीको स्वागत मन्तव्य स्वास्थ्य चौकी प्रमुख प्रेम बहादुर विक, वडा सदस्य विष्णुप्रसाद भुसाल, रामु खनाल कमला नेपाली लुम्बिनी सामाजिक विकास केन्द्रकि सामुदायिक पोषण स्वयंसेवक शारदा शर्मा भट्टराई लगायते कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।