कमल पौडेल
१८, फागुन- प्रदेश नं ५ प्रदेश सभा सदस्य खड्क केसिले ग्वादीका चौरलाई रंगशाला निर्माणको लागी स्थानिय सरकार लागिरहेको र त्यसमा प्रदेश सरकारले पनि लगानी गर्ने दृढता व्यक्त गर्नुभएको छ।
मुसिकोट नगरपालिका स्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको सनिवार समापन गर्दै साँसद केसिले सो कुरा बताउनु भएको हो। विद्यार्थीहरुले खेलकै माध्यमबाट पनि भोलीको भविश्य तय गर्न सक्ने भएकोले खेल्न सक्ने विद्यार्थीहरु अनुसासित भई उत्कृष्ठ बन्न शुभकामना समेत व्यक्त गर्नभएको छ। कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा लगाएतको सहभागिता रहेको थियो। मुसिकोट नगरस्तरीय १२ विद्यालय सहभागि भएको सो प्रतियोगितामा २३ स्वर्ण, ६ रजत र ७ कास्य पदक सहित त्रिभुवन मावि कुर्घा भुवाचिदि प्रथम भएको छ। त्यस्तै २ स्वर्ण ८ रजत र ६ काश्य पदक सहित नेपाल राष्ट्रिय मावि इन्द्रेगौंडा द्धितिय हुन सफल भएको छ भने २ स्वर्ण १ रजत र ३ काश्य सहित मुसिकोट मावि बडागाउँले तृतियमा चित्त बुझाएको छ। प्रथम, द्धितिय र तृतिय हुने विद्यालयहरुले क्रमशः १५, १० र ७ हजार प्राप्त गरेका छन्।
समापन कार्यक्रम मुसिकोट नगर खेलकुद विकास समितिका संयोजक विमल छन्त्यालको अध्यक्षता, सदस्य राम बहादुर विष्टको स्वागत मन्तव्य तथा सचिव विष्णु प्रसाद खरेलको सञ्चालनमा सम्पन्न भएको थियो।