शुरेस थापा
गुल्मी, फागुन १८- गुल्मीको सत्यवति गाउपालीकाको जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा सन्चालित २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लव अफ काठमाण्डौ गुल्मीको आयोजना, सत्यवती गाउँपालिका गुल्मी, विभिन्न क्लव संघसंस्थाको सहयोगमा फागुन १६ र १७ गते संचालित २ दिवशिय निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । हर्निया, हाइड्रोशिल, गाठागुठी लगायतका १८ जना विरामीको सर्जन विशेषज्ञ प्रोफेसर डा. प्रेम राज ज्ञवालीले शल्यकृया गर्नुभएको थियो । साथै स्त्री रोग विषेशज्ञ लगायतका डा. हरुबाट ३ सय २१ जना महिला र १ सय ४७ जना पुरुष गरी ४ सय ६८ जना विरामीको स्वास्थ्य परिक्षण तथा उपचार गरिएको थियो । सो शिविरमा विरामीलाई निशुल्क औषधी वितरण गरिएको थियो ।
लायन्स क्लव अफ गुल्मीका अध्यक्ष विष्णु प्रसाद शर्मा पाण्डेको सभापतित्व प्रोफेसर प्रेम राज ज्ञवालीको प्रमुख आतिथ्यता, सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालको विशिष्ठ आतिथ्यता, चेम्वर अफ कमर्श गुल्मीका अध्यक्ष युवराज न्यौपाने, जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष विष्णु प्रसाद भण्डारी, स्वास्थ्य संयोजक सूर्य बहादुर राना इलाका प्रहरी कार्यालय जोहाङ्गका प्रमुख सुग्रीव बैदवार, पत्रकार स्वास्थ्यकर्मी लगायतको आतिथ्यता रहेको समापन कार्यक्रममा आयोजक संस्था स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई कदरपत्र द्धारा सम्मान गरिएको थियो । समापन कार्यक्रमको संचालन आयोजक संस्थाका राम प्रसाद खनालले गर्नुभएको थियो ।