युगराज बस्याल
गुल्मी ,फागुन १८ – व्यवसायिक कफि कृषकको लागि कफि नर्सरी तथा बगैचा व्यवस्थापन सम्वन्धी आवासिय कृषि तालिम गुल्मीको रुरु क्षेत्र गाउपालीका वडा नम्बर ४ भण्डारीडाडामा सम्पन्न भएको छ ।
नेपाल सरकार नेपाल कफि अनुसन्धान परिषद, कफी अनुसन्धान कार्यक्रमको आयोजनामा फागुन ११ गतेबाट सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो । तालिममा १४ जिल्लाका २५ जना कृषकको सहभागिता रहेको थियो ।तालिम समापन समारोहका प्रमुख अतिथि रुरुक्षेत्र गाउपालीका अध्यक्ष निलकण्ठ गौतमले कफी नगदे त्यसमा पनि बैदेशिक मुद्रा आर्जन गर्न सकिने बाली भएकाले यसबाट सम्वृद्धि सम्भव भएको बताउनुभएको थियो । उहाले साना समस्या आउदैमा झन्झट नमानी निरन्तर लागिपर्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष बैज्ञानिक एवम् अनुसन्धान कार्यक्रम संयोजक कृष्ण थापाले आवश्यक ज्ञान र सिपको प्रयोग गरि जानेर कफी खेती गरेमा ठुलो समस्या नआउने बताउनुभएको थियो ।
वडा नम्बर ४ का अध्यक्ष फर्सुराम ज्ञवालीले तालिमबाट प्राप्त सिप र ज्ञानलाई धैर्यता पुर्वक प्रयोगमा ल्याउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा परियोजना कार्यन्वयन इकाइ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका नारायण काफ्ले ,प्राविधिक अधिकृत कुमार मणि दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कृषकको तर्फबाट शंखुवासभाका कृषक अम्बिका भट्टराई गौतम,भक्तपुरका कृषक नारायण प्रसाद धिमालले धन्यावाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम कफि अनुसन्धान कार्यक्रमका शम्सेर बहादुर बस्नेतको सन्चालनमा सम्पन्न भएको थियो ।