राधा पोख्रेल
गुल्मी, फागुन २२- गुल्मीको धुर्कोट गाउपालीका भित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा तालिका सार्वजनिक भएको छ ।
सार्वजनिक तालिका अनुसार धुर्कोट गाउपालीका भित्रका सम्पुर्ण बिद्यालयहरुमा फागुन २८ गतेदेखि परिक्षा हुनेछ । सार्वजनिक तालिका अनुसार फागुन २८ गते अनिवार्य अंग्रेजी, फागुन २९ गते अनिवार्य नेपाली, फागुन ३० गते अनिवार्य गणित ,चैत १ गते कक्षा १ देखि ३ सम्मको बिज्ञान ,स्वास्थ्य र शारिरीक, कक्षा ४ र ५ सम्मको सामाजिक अध्ययन, कक्षा ६ देखि ८ सम्मको बिज्ञान तथा वातावरण, र कक्षा ९ को बिज्ञान बिषयको परिक्षा हुने भएको छ ।यस्तै चैत २ गते कक्षा १ देखि ३ सम्मको सामाजिक अध्ययन र सिर्जनात्मक कला , कक्षा ४ र ५ को सामाजिक अध्ययन , कक्षा ६ देखि ८ सम्मको सामाजिक र जनसंख्या शिक्षा, कक्षा ९ को सामाजिक अध्ययन बिषयको परिक्षा हुने भएको छ ।यस्तै चैत ३ गते कक्षा १ देखि ५ सम्मको ऐच्छिक अंग्रेजि , कक्षा ६ देखि ८ सम्मको पेशा व्यवसाय र प्रबिधि शिक्षा,कक्षा ९ को स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा बिषयको परिक्षा हुने भएको छ ।
चैत्र ४ गते कक्षा ४ र ५ को सिर्जनात्मक कला तथा शारीरिक, कक्षा ६ देखि ८ सम्मको स्वास्थ्य तथा शारिरिक र नैतिक तथा नागरिक र कक्षा ९ को ऐच्छिक प्रथम बिषयको परिक्षा हुने भएको छ ।यस्तै चैत्र ५ गते कक्षा ६ देखि ८ सम्मको कम्प्युटर र कक्षा ९ को ऐच्छिक द्धितिय बिषयको परिक्षा हुने भएको छ ।शिक्षा मन्त्रालयले दुई दिनअघि चैत ५ गतेभित्र कक्षा एक देखि ९ सम्मको परीक्षा लिइसक्नुपर्ने निर्देशन जारी गरेको छ ।
सोहि निर्देशन अनुसार धुर्कोट गाउपालीका शिक्षा शाखाले पनि परिक्षा तालिका सार्वजनिक गरेको शिक्षा अधिकृत मधु प्रसाद घिमिरेले जानकारी दिनुभयो । परिक्षा बिहान ११ बजेदेखि सुरु हुनेछ । धुर्कोट गाउपालीकामा सामुदायिक बिद्यालयहरु ४७ र २ वटा निजि गरि ४९ बिद्यालय रहेका छन ।
हेर्नुस परिक्षा तालिका