राधा पोख्रेल
गुल्मी ,फागुन २३- भगवती माध्यमिक बिद्यालय रेसुङगा नगरपालिका १० सिमिचौरमा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । बिहिबार एक कार्यक्रमको बिच कक्षा ९ का बिद्यार्थिहरुले कक्षा १० का बिद्यार्थिहरुलाई बिदाई गरेका हुन । बिदाई कार्यक्रममा कक्षा ९ का छात्र निराजन बि कको अध्यक्षता, प्रधानाध्यापक खेमराज आचार्य को प्रमुख आथित्यता रहेको थियो ।कार्यक्रममा कक्षा १० का विद्यार्थी लाई माला तथा माया को चिनो ले सम्मान गरिएको थियो भने कक्षा १० का विद्यार्थी ले स्कुललाइ आबस्यक पर्ने करिब १२ हजार का भाडाकुडाउपहार स्वरुप प्रदान गरेका थिए साथै बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाइ सम्मान समेत गरेका थिए । यस्तै शिक्षकहरु चिरञ्जीवी के सि,लेखनाथ अर्याल,घनश्याम सुवेदी, रिसिराम अर्याल,हरि पन्थीले विद्यार्थीहरुको उच्छ प्रगतिको कामना गर्नुभएको थियो ।कार्यक्रमको सन्चालक कक्षा ९ का बिद्यार्थि नबिन परियारले गरेका थिए ।