गुल्मी,
फागुन २५ – गुल्मीको चन्द्रकोट गाउपालीका भित्रका बिद्यालयहरुको कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा तालिका सार्वजनिक भएको छ ।
सार्वजनिक तालिका अनुसार चन्द्रकोट गाउपालीका भित्रका सम्पुर्ण बिद्यालयहरुमा फागुन २७ गतेदेखि परिक्षा हुनेछ । सार्वजनिक तालिका अनुसार फागुन २७ गते अनिवार्य अंग्रेजी, फागुन २८ गते अनिवार्य नेपाली, फागुन २९ गते कक्षा १ देखि ५ सम्मको बिज्ञान बातावरण तथा शारीरिक शिक्षा ,,कक्षा ६ देखि ९ सम्मको बिज्ञान बिषयको परिक्षा हुनेछ ।यस्तै फागुन ३० गते कक्षा १ देखि ५ सम्मको सामाजीक सिर्जनात्मक अभिव्यक्ति कला, कक्षा ६ देखि ९ सम्मको सामाजिक बिषयको परिक्षा हुनेछ ।यस्तै चैत्र २ गते १ देखि ९ सम्मकै गणित बिषयको परिक्षा हुनेछ ।चैत्र ३ गते कक्षा १ देखि ५ सम्मको एैच्छिक,कक्षा ६ देखि ८ सम्मको स्वास्थ्य तथा शारिरीक शिक्षा र नैतिक शिक्षा, कक्षा ९ को स्वास्थ्य जनसङख्या तथा वातावरण शिक्षा ,चैत्र ४ गते कक्षा ६ देखि ८ सम्मको पेशा व्यवसाय तथा प्रबिधि शिक्षा, र कक्षा ९ को ऐच्छिक प्रथम बिषयको परिक्षा हुनेछ ।
यस्तै चैत्र ५ गते कक्षा ६ देखी ८ सम्मको कम्युटर शिक्षा र कक्षा ९ को ऐच्छिक द्धितियको परिक्षा हुनेछ । यसैबिच कक्षा १ देखि ५ र कक्षा ८ को परिक्षा बिहान १० बजेदेखि दिउसो १ बजेसम्म र कक्षा ६,७ र ९ को परिक्षा दिउसो १ बजेदेखि ३ बजेसम्म हुनेछ ।शिक्षा मन्त्रालयले चैत ५ गतेभित्र कक्षा एक देखि ९ सम्मको परीक्षा लिइसक्नुपर्ने निर्देशन जारी गरेको छ ।सोहि निर्देशन अनुसार चन्द्रकोट गाउपालीका शिक्षा शाखाले पनि परिक्षा तालिका सार्वजनिक गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।