सुरेश थापा
गुल्मी, चैत्र ४ – गुल्मीको सत्यवती गाउपालीकामा कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धि स्थानिय समन्वय समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।
सत्यवति गाउपालीकाको आयोजनामा गरिएको कार्यक्रममा ३५ सदस्सीय स्थानिय समन्वय समिति गठन गरिएको छ । सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालको संयोजकत्वमा ३५ सदस्यिय स्थानिय समन्वय समिति गठन गरिएको हो । उपाध्यक्ष शुवर्ण शाहि शेर्चन सह संयोजक, प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारी सदस्य, प्रत्येक वडाका वडा अध्यक्षहरु ,चेम्बर अफ कमर्स गुल्मी का अध्यक्ष युवराज न्यौपाने, स्वास्थ्यकर्मीहरु, संघसंस्था, क्लव लगायतलाई समेटी ३५ सदस्यिय समन्वय समिति गठन गरिएको छ । नव गठित समितिले यहि चैत्र ६ गते देखि संचालन हुने एसईई परिक्षामा हेल्पडेक्स राख्ने ,सत्यवती गाउपालीका भित्रका स्वास्थ्य कर्मिहरु विरामी विदा बाहेक अन्य विदा वस्न नपाइने, गाउँपालिकाले प्रत्येक स्वास्थ्य केन्द्रबाट सुफत मुल्यमा माक्स वितरण गर्ने , सावधानि पुर्वक तयारी अवस्थामा बस्ने, यहि चैत्र ६ गते भित्र वडा स्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।कार्यक्रममा कोरोना भाइरसको बारेमा डा। सुनिल ज्ञवालीले सहजिकरण गर्नुभएको थियो ।कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख सूर्य बहादुर रानाले गर्नुभएको थियो ।