गुल्मी
चैत ६ – ग्रामीण भेगमा रहेका महिला तथा बालबालीकाहरुको सामाजिक तथा आर्थिक शशक्तिकरण परियोजना अन्तर्गत गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर १ नयाँगाउ र वडा नम्बर २ पिपलधारामा घुम्ती कोष वापतको रकम हस्तान्तरण गरिएको छ ।
वडा नम्बर १ नयाँगाउ भएको कार्यक्रममा मिना मल्लको अध्यक्षता, सामाजीक जागरण तथा बिकास अभियानका अध्यक्ष महेन्द्र प्रसाद भण्डारीको प्रमुख आथित्यता, वडाध्यक्ष कमल थापाकोे बिशिष्ट आथित्यता रहेको थियो । कार्यक्रम अन्तर्गत नयाँगाउका ९ वटा आमा समुहलाई घुम्ती कोष वापतको १० हजार को दरले ९० हजार रुपैया हस्तान्तरण गरिएको छ ।
यस्तै वडा नम्बर २ पिपलधारामा भएको कार्यक्रममा वडा अध्यक्ष नबिन जिसिको अध्यक्षता , सामाजीक जागरण तथा बिकास अभियानका अध्यक्ष महेन्द्र प्रसाद भण्डारीको प्रमुख आथित्यता रहेको थियो । पिपलधारामा पनि ९ वटा आमा समुहहरुलाई १० हजारको दरले ९० हजार हस्तान्तरण गरिएको छ ।

कार्यक्रमको सन्चालन संस्थाका लेखापाल बसन्त खत्रीले गर्नुभएको थियो । भोली शुक्रबार धुर्कोट गाउपालीका वडा नम्बर ३ को हाडहाडेमा कार्यक्रम हुने संस्थाले जानकारी दिएको छ ।उक्त संस्थाले बाख्रा उद्यम परियोजना ,महिला तथा बालबालीकाको सामाजिक तथा आर्थिक शशक्तिकरण कार्यक्रम , जलवायु परिवर्तन मैत्री जलसंरक्षण प्रबिधि मार्फत गुल्मी जिल्लामा व्यवसायिक तरकारी खेती लगायतका अन्य सामाजीक कार्यहरु गर्दै आएको छ ।