अनिल खत्री
१० चैत, गुल्मी – जिल्ला प्रशासन कार्यालय प्रवेशद्धारमा हात धुने व्यवस्था गरिएको छ ।
विश्वव्यापी रुप लिइरहेको (कोभिड १९) कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी रुवरुप जिल्ला प्रशासन कार्यालय गुल्मीको कार्यालय प्रवेशद्धारमा हात धुने साबुन पानीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । कार्यालयमा जुनसुकै नागरिकले सर्बप्रथम साबुन पानीले हातधुने र कार्यालयको काममा जाने गर्नको निम्ति प्रबेशद्धारमै राखिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । विश्वव्यापी फैलिएको कोभिड १९ (कोरोना) भाइरस भित्रिन नदिनका लागि गुल्मीमा बिशेष सतर्कता अपनाइने भएको छ । कोरोनाको संक्रमण तथा हुन सक्ने जोखिमताको विरुद्ध सचेत रहनका लागि सचेतना मुलक कार्यक्रमहरुमा जोड दिएको छ । कोरोना भाइरसको बारे जानकारी र उपचारको लागि गुल्मीका स्थानिय तहमा हेल्प डेक्स स्थापना र आबश्यक सूचना र उपचारको व्यावस्थापन गर्ने भएका छन् ।
जिल्ला स्थित सम्पूर्ण पालिकाहरुले आबश्यक औषधी व्यावस्थापन र सचेतना मूलक कार्यक्रमहरु गर्ने निर्णय गरिएको भएको छ । जिल्ला अस्पताल गुल्मीले औषधी व्यवस्थापन लगायत आइसुलेसन वार्डको व्यावस्था गर्ने निर्णय गरिएको छ । रुरु क्षेत्र गाउँपालिको संयोजनमा रिडी, रेसुङ्गा नगरपालिकाको संयोजनामा नेटा, मदाने गाउँपालिकाको संयोजनमा पुर्कोट, मुसिकोट नगरपालिकाको संयोजनामा वामी,चन्द्रकोट गाउँपालिकाको संयोजनमा शान्तिपुरमा हेल्प डेक्स स्थापना गरिने भएको छ । छिमेकी मुलुक भारतबाट सिधै गुल्मी आउने सवारी साधनका यात्रुलाई रिडीको हेल्प ठेक्समा अनिवार्य रुपमा चेकजाँच गरिने भएको छ ।