रामकृष्ण कडेल,
चैत्र १० गुल्मी- गुल्मीको दौघा स्वास्थ्य चौकिले जेष्ठ नागरिक लाई घरमा स्वास्थ्य सेवा सुरु गरेको छ ।
नेपाल सरकार प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयद्वारा संचालित ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम छत्रकोट गाउँ पालिका वडा नं ६ मा रहेका जेष्ठ नागरिक लाई घरमा स्वास्थ्य सेवा सुरु गरेको हो । प्रदेश नम्बर ५ का ८४ बर्ष पुगेका सम्पुर्ण जेष्ठ नागरिक हरुलाइ घरमै पुगेर सामान्य चेक जाच औषधि बितरण गर्ने कार्यक्रम अन्तर्गत दौघा स्वास्थ्य चौकि अन्तरगत छ्त्रकोट गाउपालिका ६ कि जेष्ठ नागरिक ९२ वर्ष कि मान कुमारी ज्ञवालीलाई घरमा स्वास्थ्य सेवा लगायत थप कोरोना भाईरस वारे सचेतन दिदै दौंघा स्वास्थ्य चौकी प्रमुख ठाकुर ज्ञवालीले सुचारु गर्नुभएको छ ।