गुल्मी,
चैत्र १० -नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गुल्मीको जिल्ला कमिटीले जिल्लावासी आम नागरिकलाई नोवेल कोरानाको सक्रमणबाट बच्न सचेत गराउँदै एक आपसमा सहयोग आदन प्रदान गर्न अपिल परेको छ ।
आईतबार सो पार्टीका अध्यक्ष मधुकृष्ण पन्त र सचिव बिरबहादुर कार्की ( चाहल ) द्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत आम नागरिकलाई कोरोना विरुद्ध सचेत रहन र आपसमा सहयोग आदान प्रदान गर्न अपिल गरिएको हो ।विज्ञप्तीमा भनिएको छ, ” नोवेल कोरोना भाईरको संक्रमणले बिश्व ब्यापीरुपमा गम्भीर प्रभाव पारिरहेको छ । यसबाट बचाउन नेपाल सरकारले सुरक्षाका विभिन्न उपायहरु अबलम्वन गरिरहेको यस घडिमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी गुल्मी गम्भीर बन्दै आम नागरिकहरुलाई आफ्नो परिवारको सुरक्षाका लागि धै¥यता पुर्वक सुरक्षाका निम्न उपायहरु अपनाउन अपिल गर्दछौं । ”
– नोवेल कोरोना भाईरसबाट आफ्नो र परिवारको सुरक्षका लागि सर्तकतापुर्वक दैनिक बानी ब्यबहारमा परिवर्तन ल्याउने ।
– आबश्यक काम बाहेक हरेक ब्यक्ति भिडभाड हुने गरि जम्मा नहुने , घर मै सुरक्षित भएर बस्ने ।
– घर परिवार र ब्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिने ।
– हरेकले एक अर्का बिचमा सहयोग आदन प्रदान गर्ने ।
– कोही बिरामी परेमा तत्काल अस्पताल पुराउने ।
–संघिय र प्रदेश सरकारले जस्तै स्थानीय सरकारले पनि कोरोना विरुद्ध जनचेतना फैलाउने र उपचार ब्यबस्थाका लागि बिशेष कार्यक्रम अगाडी साने ।
– बालबालिका , अपाङ्घ , अशक्त र जेष्ठ नागरिकहरुलाई हरेकले बिशेष हेरचाह गर्न गराउन अनुरोध गरिन्छ ।