अनिल खत्री
१० चैत, गुल्मी -केहि दिन अघि सरुवा भई गुल्मी आएका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लाका पत्रकारहरुसँग अन्र्तक्रिया गरेका छन् ।
अन्र्तक्रियामा विश्वव्यापी रुप लिइरहेको(कोभिड १९) कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी स्वरुप नागरिकलाई अनाबश्यक रुपमा बाहिर हिडडुल नगर्न आग्रह गरेका छन् । अनाबश्यकरुपमा बाहिर हिडडुल गर्दा कोरोना संक्रमण बढ्ने खतरा भएकाले नागरिकलाई बिशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरेका हुन् । जिल्ला प्रसासन कार्यालयमा जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसँग राखिएको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र स्थीतिको बारेमा पत्रकारहरुबाट जानकारी लिएका थिए ।भेटघाटमा प्रमुख जिल्ला अधिकारी शर्माले पछिल्लो समय यता विश्वव्यापी रुप लिइरहेको(कोभिड १९) कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी स्वरुप जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । जिल्लाको समग्र आपुर्ति, खाध्यन्न, औषधी लगायत सम्पूर्ण अबस्थाको बारेमा जानकारी लिइसकेको र तत्काल कुनै समस्या नरहेको बारेमा पत्रकारहरुसँग जानकारी गराएका थिए । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी रुवरुप जिल्ला प्रशासन कार्यालय गुल्मीको कार्यालय प्रवेशद्धारमा हात धुने साबुन पानीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । प्रमुख जिल्ला अधिकारी शर्माले पत्रकारहरुबाट जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका थिए । भेटघाटमा पत्रकारले कृतिम अभाव सृजना हुनसक्ने तथा बढि मुल्य लिने गर्ने हुँदा जिल्लामा बजार अनुगमन बढाउनु पर्ने बताएका थिए ।
विश्वव्यापी रुप लिइरहेको(कोभिड १९) कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बाहिरबाट नयाँ आगन्तुहरुलाई बिशेष निगरानी बनाउनु पर्नेमा जोड दिएका थिए । विश्वव्यापी फैलिएको कोभिड १९ (कोरोना) भाइरस भित्रिन नदिनका लागि गुल्मीमा बिशेष सतर्कता अपनाइने भएको छ । कोरोनाको संक्रमण तथा हुन सक्ने जोखिमताको विरुद्ध सचेत रहनका लागि सचेतना मुलक कार्यक्रमहरुमा जोड दिएको छ । कोरोना भाइरसको बारे जानकारी र उपचारको लागि गुल्मीका स्थानिय तहमा हेल्प डेक्स स्थापना र आबश्यक सूचना र उपचारको व्यावस्थापन गर्ने बारे प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी गराएका थिए । जिल्ला स्थित सम्पूर्ण पालिकाहरुले आबश्यक औषधी व्यावस्थापन र सचेतना मूलक कार्यक्रमहरु गर्ने निर्णय गरिएको भएको छ । जिल्लामा औषधी व्यवस्थापन लगायत आइसुलेसन वार्डको व्यावस्था गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । प्रमुख जिल्ला अधिकारी शर्माले रुरु क्षेत्र गाउँपालिको संयोजनमा रिडी, रेसुङ्गा नगरपालिकाको संयोजनामा नेटा, मदाने गाउँपालिकाको संयोजनमा पुर्कोट, मुसिकोट नगरपालिकाको संयोजनामा वामी,चन्द्रकोट गाउँपालिकाको संयोजनमा शान्तिपुरमा हेल्प डेक्स स्थापना गरिएको पत्रकारहरुसँग जानकारी गराए । छिमेकी मुलुक भारतबाट सिधै गुल्मी आउने सवारी साधनका यात्रुलाई रिडीको हेल्प ठेक्समा अनिवार्य रुपमा चेकजाँचलाई तिब्र पारिएको शर्माको भनाई छ ।