गुल्मी ,
चैत्र १३ – विश्व ब्यापी कोरोना भाईरसको सक्रमणका कारण माक्सको अभाव भई रहेको बेला गुल्मीको सत्यवती गाउँपालिकाले भने आफै माक्स उत्पादन गरी वडास्तर सम्म वितरण सुरु गरेको छ ।
त्यस पालिकाका स्वास्थ्य सह संयोजक हरिलाल भट्टराईले बुटवलबाट आबश्यक समाग्रही मगाएर ४ जनाले रोजगारी पाउने गरि माक्स उत्पादन गरिएको जानकारी दिए ।त्यहाँका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले हाल सम्म १० हजार थान माक्स उत्पादन भई २ हजार थान गाउँपालिकाले वितरण गरेको र ८ वटा वडामा १ हजारका दारले माक्स विरण गरिएको र उत्पादन कार्य जारी रहेको जनाए । नियमित रुपमा माक्स उत्पादन गरि सत्वयतीवासीलाई माक्स पुराउने र कोरोना भाईरसको सक्रमण विरुद्ध जनचेतना छर्ने कार्य भई रहेको त्यस गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । उनले पालिका भित्रै क्वारेन्टाईन निर्माण भएको बताउँदै त्यस गाउँपालिकामा हाल सम्म कोरोनाको लक्ष्यण भएका विरामी एक जना पनि फेला नपरेको जानकारी दिए । सत्यवती गाउँपालिका अन्य कुरामा पनि स्थानीय उत्पादनलाई नै जोड दिदै आएको छ । माछा , मासु , अण्डा , दुध तरकारीमा आत्मानिर्भर भई सकेको जनाईएको छ ।