अनिल खत्री
१३ चैत, गुल्मी – स्याङ्जाबाट प्युठान जानको लागि हिडेको समुहलाई गुल्मीको तम्घासमा स्वास्थ्य परीक्षण गरी पठाइएको छ ।
मंगलबार बेलुकीदेखि प्युठान जानकोलागि स्याङ्जाबाट रातभर पैदल यात्रा गरेर आएका १२ जनाको समुहलाई जिल्लाको रेसुङ्गा नगरपालिका–९ देउरालिमा स्वास्थ्य परिक्षण गराई पैदल यात्रामार्फत नै घरतर्फ पठाईएको हो ।अहिले नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोक्नको लागि देशभर लकडाउनको घोषणा गरेपछि देश भरका सम्पुर्ण कलकारखाना,संघ संस्थाहरु लगाएत बिभिन्न किसिमका निर्माण सम्बन्धी कामहरु बन्द भएका छन् । स्याङ्जामा सडक निर्माणमा लेवरको काम गर्दै आएको यो टोली काम रोकिएपछि प्युठान हिडेका हुन् । सम्पुर्ण सवारी साधनहरु बन्द भएपछि निषेधाज्ञाको बेवास्ता गर्दै धेरैसमय बन्द हुनेहोकी भन्ने डरले पैदलयात्रा मार्फत प्युठान हिडेको पैदलयात्रीहरु बताउछन् । देउराली स्थीत हेल्थडेक्समा स्वास्थ्य परीक्षण गराउँदा सबैको ज्वरो समान्य रहेको स्वास्थ्यकर्मी मञ्जु घर्तिमगरले बताइन् । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिन सबै सचेत रहन स्थानीय सकारले आग्रह गरेका छन् ।
कफ्र्यू आदेश जारी
बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लामा मंगलवारबाट निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचना जारी गरेको थियो । निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिए अनुसार जिल्लामा अत्याबश्यक सेवाका सवारी बाहेक अन्य कुनैपनि सवारी साधान र नागरिकसमेत हिड डुल गरेका छ्रैनन् । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार चैत ११ गते बिहानदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागूहुने गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । निषेधाज्ञा अबधीमा अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।