राधा पोख्रेल
गुल्मी ,चैत २३ – गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर १ नयागाउको बिपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
वडा अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार बसेको बैठकले कोरोना रोकथामको लागि बिभिन्न निर्णयहरु गरको छ । बैठकले ८० अति विपन्न परिवार छनौट गरि राहात बितरण गर्ने , वडा नम्बर १ नयागाउमा प्रवेश गर्न रोक लगाउने निर्णय गरिएको छ । यो लकडाउनको समयमा नयाँगाउमा भित्रने जो कोहिलाई पनि क्वारेन्टाइनमा राख्ने, यदि नयागाउमा प्रवेश गर्नै पर्ने भए वडा कार्यलयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
शनिबार नै ३६ सय माक्स बितरणको लागि स्वास्थ्य स्वयम सेबिकाहरुलाई हस्तान्तरण गरिएको छ । माक्सहरु वडा कार्यलयद्धारा १७ सय पिस, नेपाल कम्युनिष्ट पार्टी नेकपा नयागाउ गाउ कमिटि ले ६००,नेपाली कांग्रेश गाउ समिति नयागाउ ले ५००,हातेमालो सहकारीले ५००,सुर्योदय सहकारीले २००, भुजेलधारा निवासी प्रेम जिसिले १०० गरि ३६ सय माक्स हस्तान्तरण गरिएको वडा सदस्य चेतमान कुँवरले जानकारी दिनुभएको छ ।