गुल्मी
चैत २३ – गुल्मीको छत्रकोट गाउपालीकाले कोरोना नियन्त्रणको लागि बिशेष कदम चालिरहेको जनाएको छ ।
गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तले कोरोना नियन्त्रणको लागि सक्रिय रुपमा लागिरहेको बताउनुभएको छ । उहाँले विपन्नहरुको लागि राहात बितरण गरिएको , सम्पुर्ण कार्यालयहरुमा हात धुने व्यवस्था गरेको , प्रत्येक वडाहरुमा मास्क बितरण गरिएको , स्वास्थ्य संस्थाहरु, स्वास्थ्य कर्मि र एम्बुलेन्स चालकलाई पिपिइ सेट बितरण गरिएको , स्वास्थ्य कर्मिहरुलाई हाते पन्जा बितरण गरिएको जानकारी दिनुभयो । छत्रकोट गाउपालीकाको वडा वडामा ,टोलटोलमा माइकिङ गरिएको साथै यो प्रभावकारी भएको समेत उहाले बताउनुभयो ।
गाउपालीकाको जनता मावि र आदर्श माविमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।
अहिलेसम्म २४४ जना आएको तर उनीहरु सबै होम क्वारेन्टाइनमा नै रहेको उहाले बताउनुभएको छ । अब गाउपालीकामा भित्रने जो कोहिलाई पनि क्वारेन्टाइनमा राखिने उहाले जानकारी दिनुभयो । श्रृङगा प्राथमिक स्वास्थ्य केन्द्र पिपलनेटामा दैनिक २२ देखि २४ जनाले सेवा लिइरहेको समेत उहाले जानकारी दिनुभयो । अति बिपन्नहरुको लागि वडा नम्बर १ मा ५१ परिवार ,वडा नम्बर २ मा ९५ परिवार, ३ वडामा १३ घर परिवार र वडा नम्बर ४ मा ३३ परिवारलाई राहात वितरण गरिएको र बाकी वडामा बितरण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । छत्रकोटमा रहेका २८ वटा ब्लक मा खाद्यान्नको स्टक के कति छ भनेर तथ्याकं लिने काम भइरहेको उहाले बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला अध्यक्ष समेत रहनुभएका उहाले स्थानिय तहहरुसग अहिले भइरहेको स्थितिबारे जानकारी लिइरहेको बताउनुभयो । पार्टी पक्तिं सक्रिय रुपमा लागिरहेको समेत उहाले जानकारी दिनुभयो ।