राधा पोखे्रल ,
गुल्मी ,चैत २४ – पुर्व मन्त्री तथा गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का संघिय सांसद गोकर्ण बिष्टले कोरोना भाइरस संक्रमण बिश्वभरि नै फैलिरहेको यो अवस्थामा यस संक्रमणले नेपालमा समेत असर परिरहेकोले सबैले सावधानी अपनाउनुपर्ने बताउनुभएको छ ।
कोरोना बिषेष एक संवादमा उहाले सरकारले गरेको यो लकडाउनको निर्णयलाई जनस्तरबाट समेत सहयोग गरि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, सरकारको निर्णय पालना गर्न आग्रह गर्नुभएको छ ।अहिलेसम्म नेपालमा ९ जनालाई कोरोना पुष्टि भएको भन्दै उहाले सरकारले बिभिन्न तहबाट लकडाउन गरेको बताउनुभयो । सरकारले एक पालीका बाट अर्को पालिकामा ,एक स्थानिय तह बाट अर्को स्थानिय तह, एक प्रदेश बाट अर्को प्रदेश,एक जिल्ला बाट अर्को जिल्लामा जान नपाउने गरि लकडाउन गरेको बताउनुभयो ।गुल्मी जिल्लामा संक्रमण फैदिन नदिनको लागि के कसरी तयारी गर्नुभएको छ भन्ने प्रश्नमा उहाले सम्पुर्ण स्थानिय तहका प्रमुख,उपप्रमुख ,वडाध्यक्षहरु,राजनैतिक पार्टी लगायतका बिभिन्न पार्टीका कार्यकर्ताहरु, सामाजिक अगुवाहरुसग छुट्टाछुट्टै फोन सम्पर्क गर्ने,समन्वय गर्ने,आफ्नो तर्फबाट सुझाव राख्ने काम निरन्तर गरिरहेको बताउनुभयो ।
मन्त्री बिष्टले खास गरि देश बाहिरबाट आउनुभएका लाई समुदायमा घुलमिल हुनबाट टाढा राख्नुपर्नेमा जोड दिनुभएको छ ।उहाले बिपन्न समुदायलाई राहात दिने काम भइरहेको भन्दै कोहि पनि जनता खान नपाएर समस्यामा नपरुन भनेर स्थानिय निकायले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताउनुभयो । दुख परेको बेलामा फेरिपनि हामीसग सरकार छ भनेर अनुभुति हुनेगरि काम गर्ने चाहाना सरकारको भएको उहाले बताउनुभएको छ ।स्थानिय तहसग भएका श्रोत साधनलाई स्थानिय तहले प्रयोग गरिरहेको भन्दै उहाले स्वास्थ्य कर्मिहरुको लागि चाहिने पिपिइ लगायतका सामाग्री र बिपन्नलाई खाद्यान्न उपलब्ध गराउन आफुले केन्द्रिय स्तरमा समेत सुझाव र दवाव दिइरहेको बताउनु भयो ।उहाले गुल्मी बासीहरुलाई सरकारका निर्णयहरु, स्वास्थ्य संगठनका सन्देशहरु गम्भीरताका साथ पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले निराश नबनी धैर्यताका साथ आत्मबल बलियो बनाएर यसलाई सामना गर्न जरुरी रहेको बताउनुभएको छ ।