सुरेश थापा
गुल्मी ,चैत २४ – गुल्मीको सत्यवती गाउपालीकालाई ३ सेट पिपिइ हस्तान्तरण गरिएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ बि वान काठमाडौद्धारा लायन्स क्लव अफ काठमाडौ गुल्मीका सिनियर एओजि युवराज न्याउपानेले ३ सेट पिपिइ हस्तान्तरण गर्नुभएको हो ।
गाउपालीका उपाध्यक्ष सुवर्ण शाहि शेरचन ,प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारी, स्वास्थ्य शाखा प्रमुख सुर्य बहादुर राना, इलाका प्रहरी कार्यालय जोहाङका प्रमुख शुग्रीब बैदवार लगायतको उपस्थितिमा पिपिइ सेट हस्तान्तरण गरिएको हो ।