गुल्मी
चैत २५ – गुल्मीको छत्रकोट गाउपालीकाले लकडाउनका कारण बिहान बेलुका छाक टार्न समस्यामा परेका विपन्न हरुलाई राहात बितरण गरिरहेको छ ।
यसैक्रममा मंगलबार वडा नम्बर ३ हर्दिनेटामा १ सय १० परिवारका ३ सय ६१ जनालाई राहात बितरण गरिएको छ ।जिल्ला समन्वय समिति सदस्य गंगा पन्थ,वडा अध्यक्ष तेजकान्त अर्याल,नेपाली काङगे्रशका प्रतिनिधि बैकुण्ठ पन्तको नेतृत्वमा हर्दिनेटामा,न्यायिक समिति सदस्य बाबुराम अर्याल, प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ, गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तको नेतृत्वमा लुम्छामा र कार्यपालीका सदस्य पुष्पा सार्की र वडा सदस्य गुमानसिं पुनको नेतृत्वमा नरममा गरि ३ ठाउबाट एकैपटक राहात बितरण गरिएको हो । प्रति ४ जनालाई १ कठ्ठा चामल, ३ किलो दाल,१ लिटर तेल बिपन्न ज्याला मजदुरी गर्नेलाई बितरण गरिएको छ । यस्तै वडा नम्बर ४ को बोखरमा पनि राहात बितरण गरिएको वडाध्यक्ष डिलाराम न्याउपानेले जानकारी दिनुभयो ।