गुल्मी
चैत २५ – गुल्मीको चन्द्रकोट गाउपालीकाले बिपद व्यवस्थापन कोषमा जम्मा भएको रकम सार्वजनिक गरेको छ ।
चन्द्रकोट गाउपालीकाको नेपाल बैंक लिमिटेड शान्तीपुर शाखा कार्यलयमा रहेको बिपद व्यवस्थापन कोषमा जम्मा भएको रकम सार्वजनिक गरिएको हो । अहिलसम्म खातामा १ लाख ६७ हजार १ सय ११ रुपैया जम्मा भएको गाउपालीकाले जनाएको छ । जसमध्ये रुरु जलबिद्युत परियोजना लिमिटेड शान्तीपुर गुल्मीले १ लाख ११ हजार १ सय ११ रुपैया,चन्द्रकोट यातायात प्रालि प्रधान कार्यलय शान्तीपुर गुल्मीले ५० हजार रुपैया र नेपाल बैंक शान्तीपुर शाखाका कर्मचारीबाट ६ हजार रुपैया सहयोग स्वरुप जम्मा गरेका छन ।