कालीदास आत्रेय
गुल्मी ,चैत्र २६ – गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ६ दौघामा राहात बितरण गरिएको छ ।
कोरोना भाइरसको कारण देश गत चैत ११ गतेदेखि लकडाउनमा छ । लकडाउनको अबधीमा अति बिपन्न परिवारहरु काम गर्न र खाना खर्च जुटाउन असमर्थ भएको अवस्थामा छत्रकोट गाउपालीकाले राहात प्याकेज ल्याएको हो । परिवार संख्या हेरि प्रति एक जना मात्र भएको परिवारलाई ७ केजि चामल ,१ केजी दाल,आधा लिटर तेल, १ पोका नुन,२पिस साबुन बितरण गरिएको छ । मंगलबार दौघाको ब्लक नम्बर २५ र २७ मा ४६ परिवारलाई राहात बितरण गरिएको छ । वडा अध्यक्ष थम्मन ज्ञवाली ,कार्यपालीका सदस्य कमला ढकाल,वडा सदस्यहरु नारायण रेस्मी,मिना नेपाली,कृष्ण बहादुर रेस्मी,वडासचिव अशोक श्रेष्ठ, कार्यालय सहायक माधव बहनदुर थापा, खज्र्याङ प्रहरी चौकीका इन्चार्ज नर बहादुर खड्का, प्रहरी हवल्दार गोपाल नेपाली लगायतको उपस्थिति रहेको थियो । टोलीले वडाका प्रत्येक टोलटोलमा गएर राहत बितरण गरेको थियो ।