राधा पोख्रेल
गुल्मी, चैत्र २६ – कोरोना संक्रमण फैलन नदिनको लागि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन गुल्मीको धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोख्रेलले अनुरोध गर्नुभएको छ ।
उहाले भारत तथा तेस्रो मुलुकबाट आएका आम नागरिकहरु क्वारेन्टाइनमा नवसी गाउघरमा घुमफिर गर्ने ,नेपाल सरकारबाट जारी भएका आदेश तथा निषेधाज्ञा पालना नगर्ने, एक्लै तथा समुह बनाएर हिडडुल गर्ने,खेलकुद खेल्ने ,प्रभातकालीन र सन्ध्याकालीन घुमफिर गर्ने लगायतका कार्यमा संलग्न भएको पाइएमा कानुन बमोजिम कारबाही गर्ने बताउनुभयो । यदि यस्तो कार्यमा संलग्न भएको देखिएमा वडा कार्यलय र नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन उहाले आग्रह गर्नभएको छ । पारिवारिक हिसावले कृषि कर्म गर्न , खाद्यान्न सामाग्री खरिद गर्न र जरुरी काम बाहेक घरबाट बाहिर ननिस्कन ,स्थानिय तहबाट आउने सडक नाकाहरुमा स्वयमसेबिकहरु परिचालन गरिएकोले उनिहरुको अनुरोधलाई पालना गरिदिन समेत उहाले आग्रह गर्नुभयो । यस्तै बिदेशबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने र जसले लकडाउनलाई उल्लघंन गर्छ उसलाई पनि कारवाहि सहित क्वारेन्टाइनमा राखिने , जरुरी काम परेमा दुवै वडा कार्यालयको सहमतिले मात्र एक वडाबाट अर्को वडामा जान सकिने निर्णय गरिएकोे अनावश्यक रुपमा बाहिर ननिस्कन उहाले आग्रह गर्नुभएको छ ।
गाउपालीकाले बिपन्नलाई राहात बितरण कार्यलाई तिब्रता दिएको छ । गाउपालीका भित्रका ७ बटा वडामा राहात बितरणको काम धमाधम चलिरहेको छ । वडा नम्बर १ नयाँगाउको साबिक ७ वटा वडा मध्ये २ देखि ७ सम्मका वडाहरुमा राहात बितरण गरिएको छ । १ वडामा खाद्यान्न अपुग भएर बितरण गर्न नसकिएको वडाअध्यक्ष कमल थापाले जानकारी दिनुभयो । खाद्यान्न आएपछि बाकी परिबारलाई पनि बितरण गरिने उहाले बताउनुभयो । वडा नम्बर २ पिपलधाराका सबै स्थानहरुमा भोली ८४ घरधुरीलाई राहात बितरण गरिने वडाध्यक्ष नबिन जिसिले जानकारी दिनुभयो । भोली बिहान १० बजेदेखि गणेश माध्यमिक बिद्यालयमा राहात बितरण गरिनेछ । राहात लिन जानेहरुले अनिवार्य रुपमा नागरिकताको फोटोकपि लिएर जान अनुरोध गरिएको छ । यस्तै वडा नम्बर ३ हाडहाडेका साबिक ९ वटा वडामा राहात बितरण गरिएको वडाध्यक्ष बिष्णु श्रीषले जानकारी दिनुभयो । वडाध्यक्ष, जनप्रतिनिधि, क्रियाशिल राजनैतिक दलका प्रमुखहरु,समाजसेबिहरु को उस्थितिमा आज १०६ विपन्न घर परिवारलाई राहात बितरण गरिएको हो । यस्तै वडा नम्बर ४ जैसिथोकमा बिपन्न परिवार २०५ मध्ये अहिलेसम्म ९५ परिवारलाई राहात बितरण गरिएको वडाध्यक्ष मान बहादुर कँुवरले जानकारी दिनुभयो । साविक ९ वडा मध्ये एउटा वडामा बितरण गर्न बाकी छ । क र ख वर्ग छुट्याएर राहात बितरण गरिएको थियो ।जसमध्ये क वर्गका अझै १५ घरपरिवार र ख वर्गका ९५ परिवारलाई राहात बितरण गर्न बाकी रहेको वडाध्यक्ष कँुवरले बताउनुभयो । यस्तै वडानम्बर ५ वस्तुमा ४० घरपरिवारलाई राहात बितरण गरिएको छ ।आज वडा नम्बर ५ को बिपद व्यवस्थापन समितिको बैठक बसेर ६० बिपन्न परिवार छनौट गरेको वडाध्यक्ष ढुण्डीराज भण्डारीले जानकारी दिनुभयो । वडा नम्बर ६ रजस्थलमा ६० बिपन्न परिवारलाई राहात बितरण गरिएको छ । छुटेका ४० परिवारलाई बितरण गर्ने तयारी भइरहेको वडाध्यक्ष कृष्ण बहादुर नेपालीले जानकारी दिनुभयो । वडा नम्बर ७ वाग्लामा पनी ६० बिपन्न परिवारलाई राहात बितरण गरिएको छ । पहिलो चरणकै ४० परिवारलाई एक हप्ता भित्रैमा राहात बितरण गरिने वडाध्यक्ष हिम प्रसाद पन्थीले जानकारी दिनुभयो । दास्रो चरणमा १९० परिवारलाई राहात बितरण गर्ने तयारी गरिएको छ । वाग्लामा भोली र पर्सि ८१३ घरधुरीका परिवारलाई पुग्ने गरि मास्क बितरण गरिने वडाध्यक्ष पन्थीले जानकारी दिनुभएको छ ।