राधा पोख्रेल
गुल्मी ,चैत्र २६ – गुल्मीको मालीका गाउपालीकाले एक सुचसाविना निकालेर बाहिरबाट यस गाउपालीका प्रवेश गर्नेलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।
कोरोना भाइरस कोभिड १९ को प्रकोप न्युनिकरण गर्ने उद्धेश्यीय मालीका गाउपालीका भित्र ८ स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । अमर माध्यमिक बिद्यालय नेटामा १५ बेड, नेटा दर्लिङ माध्यमिक बिद्यालयमा २० बेडको ,ह्वाङदी मेहले माध्यमिक बिद्यालयमा १५ बेड, ठुलीचौर प्राथमिक बिद्यालयमा १५ बेड,छापाहिले माध्यमिक बिद्यालय हिलेमा १० बेडको , जमलपोखरा माध्यमिक बिद्यालयमा १० बेडको ,अर्जैइ माध्यमिक बिद्यालयमा २० बेडको ,देबिस्थान माध्यमिक बिद्यालय घमिरमा २० बेडको र मालीका माध्यमिक बिद्यालयमा सिमलटारीमा २० बेडको गरि ८ स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिएको गाउपालीका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरिले जानकारी दिनुभयो ।
बाहिरबाट आउनेको लागि यिनै स्थान मध्ये आफुलाई जुन उचित हुन्छ सोहि स्थानमा बस्न सकिन प्रवक्ता गिरिले बताउनुभयो । साथै एक वडाबाट अर्को वडामा आवश्यक कामले बाहेक हिडडुल गर्न समेत निषेध गरिएको छ ।